प्रमुख सूचना::
संक्षिप्त परिचय
लम्कीचुहा नगरपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको नगरपालिका हो। जुन भौगोलिक हिसाबले ८१ डिग्री १७ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तर र २८ डिग्री ३५ मिनेटदेखि २८ डिग्री ४४ मिनेट उत्तरी अक्षांशमा अवस्थित छ। लम्कीचुहा नगरपालिका पूर्वमा कर्णाली नदीसँग जोडिएको छ। यसको उत्तरतर्फ मोहन्याल गाउँपालिका, पश्चिमतर्फ बर्दगोरिया गाउँपालिका, पूर्वमा कर्णाली नदी तथा बर्दिया जिल्ला, दक्षिणमा जानकी गाउँपालिका र दक्षिण पश्चिममा जोशीपुर गाउँपालिका रहेका छन्। लम्कीचुहा नगरपालिका २०७१ वैशाख २५ गते घोषणा गएिको हो भने २०७३ फागुन २२ गतेदेखि तत्कालीन प्रतापपुर गा.वि.स.का सबै वडाहरू यस नगरपालिकामा मिसाएर १० वडामा विभाजन गरिएको हो। यस क्षेत्रको अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको पाइन्छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकामा जम्मा २०,४१२ घरधुरी रहेका छन्। नगरपालिकाको कुल जनसंख्या ९०,९७१ रहेको छ जसमध्ये पुरुषको संख्या ४२,४४१ र महिलाको संख्या ४८,५३० रहेको छ।