परिचय

नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निर्णयानुसार कैलाली जिल्लाको साविक बलिया गा.वि.स. र चुहा गा.बि.स.लाई संयुक्त रुपमा लम्कीचुहा नगरपालिका घोषणा भई बिधिवत रुपमा २०७१/०२/१३ गतेका दिन लम्कीचुहा नगरपालिका कार्यालय स्थापना भई कार्य संचालन भएको थियो ।
लम्कीचुहा नगरपालिका कैलाली जिल्लाको पूर्वी क्षेत्रको आर्थिक तथा सामाजिक अन्तर सम्बन्धको केन्द्र मात्र नभएर यो नगरपालिका सुदुर पश्चिमको प्रबेशद्धारको रुपमा रहेको हुनाले क्षेत्रिय आर्थिक केन्द्रको रुपमा विकसित हुने प्रसस्त सम्भावना रहेको छ ।
आर्थिक र शैक्षिक विकास सँगै हुन सक्ने शहरीकरणलाई व्यवस्थित गरि आधुनिक शैलीको नगर विकास गर्न उपलव्ध सिमित आर्थिक र सामाजिक स्रोत र सक्षम स्थानीय निकायका रुपमा शहरी व्यवस्थापनलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ प्रारम्भिक चरणमा प्रवेश गरेको छ । प्राकृतिक सुन्दरता र संस्कृति तथा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने क्रममा यस नगरपालिका स्थित कर्णाली चिसापानी उपयुक्त गन्तव्य हो । जहाँ स्वच्छ, अटल एवं निर्मल कर्णाली नदी बहावको ध्वनि सँगै रमणिय प्राकृतिक सौन्दर्यले भरिपुर्ण पहाडको दृष्यावलोकन गर्न पाउनु आफैमा गर्वको महशुश हुन्छ ।
बिबिध जात जाती, धर्म, वर्ग , पेशा व्यवसाय भएका मानिसहरुको बसोबास रहेको नगरपालिकामा थुप्रै सम्भावनाहरु रहेको छ । एकातिर पर्यटकीय क्षेत्रका रुपमा कर्णाली किनारामा चिसापानी बजार अवस्थित छ भने छिमेकी गाँउ विकास समितिको सीमानामा रहेको राजकाँडा बस्ती अती रमणीय रहेको छ भने चुरे पर्वतमाला संग जोडिएको न.पा.मा थुप्रै वन्यजन्तुहरुको दृष्य देख्न पाईन्छ । यो नगरपालिका भित्र एउटा बहुमुखी क्याम्पस संचालित छ भने सामुदायिक विद्यालय अन्तर्गत प्राथमिक विद्यालय देखि दश जोड दुई सम्मका थुप्रै शैक्षिक संस्थाहरु संचालित छन् । निजी विद्यालयहरु पनि उत्तिकै स्थापना भई संचालनमा रहेका छन् । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने यस लम्की चुहा न.पा.क्षेत्र भित्र कुनै पनि सरकारी अस्पताल स्थापना भएका छैनन् तर निजी तर्फ एउटा अस्पताल संचालनमा रहेको छ । सरकारी स्वास्थ्य केन्द्रको रुपमा साविक बलिया गा.वि.स. र चुहा गा.वि.स.का स्वास्थ्य चौकीहरु रहेका छन् । यो नगरपालिका क्षेत्रभित्र पर्यटकिए क्षेत्रका रुपमा कर्णाली चिसापानी, आमपानी, रिठाइ ताल जस्ता पिकनिक स्थलहरु रहेका छन् भने धार्मिकस्थलका रुपमा त्रिनेत्रेश्वर धाम, चन्द्रमौलेश्वर मन्दिर आदी रहेका छन् ।
नगरपालिका ८१ डिग्री ६ मिनेट उत्तरी आक्षांस देखि ८१ डिग्री १५ मिनेट उत्तरी आक्षांस सम्म र २८ डिग्री ३६ मिनेट देखी २८ डिग्री ४२ मिन्ोट देशान्तर सम्म फैलिएको छ ।
क्षेत्रफल :
लम्की चुहा नगरपालिका भित्रको कुल क्षेत्रफल २०४.६ वर्ग कि.मि.मा फैलियको छ ।
अवस्थितिः (सीमाना):
पूर्व :– कर्णाली नदी र वर्दिया जिल्ला
पश्चिम :– दोदोधारा गा.बि.स.
उत्तर :– चुरे पर्वतमाला जोडिएको सुगरखाल गा.वि.स.
दक्षिण :– प्रतापपुर, जानकिनगर र पथरैया गा.बि.स.हरु
भौगोलिक स्वरुपः (भूबनावट, भिरालोपन, समतल मैदान, आदि)